
विशेष अदालतको फैसलामा असन्तुष्ट वाग्लेले सर्वोच्चमा पुनरावेदन गर्नु भएको थियो । पुनरावेदनमाथि बुधबार अन्तिम फैसला गर्दै प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र न्यायाधीश खिलराज रेग्मीको संयुक्त इजलाशले भ्रष्टाचार भएको ठहर गर्दै २ करोड ३ लाख पाँच हजार ६ सय ४७ रुपैयाँ ७४ पैसा जरिवाना र त्यत्ति बराबरकै विगो असुल पर्ने फैसला सुनाएको सर्वोच्चका सह प्रवक्ता हेमन्त रावलले अनलाइनखबरलाई जानकारी दिनुभयो
सर्बोच्चले १ बर्ष ६ महिनाको कैद सजया तोकेको भएपनि यसअघि अनुसन्धानका क्रममा १ महिना ५ दिन हिरासतमा रहेकाले सो अबधि घटाई वाग्लेलाई १ बर्ष ४ महिना २५ दिन थुनामा राख्ने फैसला सुनाएको छ । फैसला कार्यन्वयनका लागि काठमाण्डौ जिल्ला अदालतमा पठाइएको छ ।
वाग्ले २०४८ सालमा आपूर्तिमन्त्री, २०५२ मा सूचना तथा संचार, २०५५ मा तीनपटक भूमिसूधारमन्त्री, २०५६ मा स्थानीय बिकाश, महिला तथा समाज कल्याण र २०५८ मा भौतिक योजना तथा निर्माण मन्त्री बनेका थिए । ती मन्त्रालयमा रहँदा उनले भ्रष्टाचार गरि छोरा देवेन्द्रका नाममा सम्पत्ति जोडेको अभियोगसहित मुद्दा दायर गरिएको थियो । तर अदालतले छोरा देवेन्द्रलाई सफाइ दिंदै उनको बिभिन्न बैंकमा रहेको स्रोत नखुलेको १ करोड ९० लाख ५ हजार ६ सय ४७ रुपैया ७४ पैसा जफत गरि राज्यकोषमा दाखिल गर्ने फैसला गरेको छ ।
को हुन वाग्ले ?
पञ्चायतकालमा राम्रै राजनीतिज्ञको छवि बनाएका चिरञ्जीवी वाग्ले २०४६ सालमा प्रजातन्त्र आएपछि लामो समयसम्म राम्रा मन्त्रालयमा वस्ने मौका पाए । भौतिक योजना, सूचना तथा संचार लगायतका मन्त्रालयमा बस्दा आफ्ना परिवारको सदस्यको समेत संलग्नतामा उनीहरुलाई ठेक्का पट्टा मिलाइदिने र आर्थिक लेनदेन गर्ने काममा लागे । मन्त्री हुनुअघिसम्म सामान्य हैसियतमा रहेका वाग्ले आफ्ना छोरा देवेन्द्रसंग मिलेर करोडौं रुपैयाँ कमाएको उनको सम्पत्ति बिबरणले देखाउँछ ।
२०४८ सालपछि ७४ र ३६ सांसदको गुटमा बाँडिदा उनी ३६ से अर्थात कृष्णप्रसाद भट्टराईको समुहमा थिए । पछि देउवाले पार्टी फुटाएर नेपाली काँग्रेस प्रजातान्त्रिक बनाउँदा उनी देउवाका बलिया राजनीतिक सहयोगी र बहालवाला मन्त्री पनि थिए । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देउवाका सहयोग मानिएका वाग्ले, खुमबहादुर खड्का र जयप्रकाशप्रसाद गुप्ता र गोविन्दराज जोशीलाई भ्रष्टाचारको आभियोगमा मुद्दा दायर गर्यो ।
१२ बषिर्य बहुदलीय प्रजातन्त्र कालमा अधिकांश समय राम्रा मन्त्रालयमा रहेका यी नेताहरु भ्रष्टाचार र अबब्यबस्थाका पर्यावाची नै बने । जनताले वाग्ले, खड्का, गुप्ता र जोशीलाई हेरेरै १२ बर्षे प्रजातिन्त्रक काललाई भ्रष्टहरुको कालसमेत भन्ने अबस्था आयो ।
पछिल्लो सयममा मूलधारको राजनीतिबाट टाढा रहेका वाग्ले पार्टी एकीकरणपछि कांग्रेसको राजनीतिमा पुनस्थापित हुने प्रयासमा थिए । पहिलो श्रीमतिको मृत्यु भएपछि उनले करिव डेढ बर्षअघि आफुभन्दा १३ बर्ष कान्छीसंग दोस्रो बिहे गरेका थिए ।
अकुत सम्पत्ति
२०५९ सालमा शेरबहादुर देउवाको नेतृत्वमा गठित तत्कालिन सरकारमा भौतिक निर्माण तथा योजना मन्त्री रहेका पार्टी नेता चिरञ्जिवी वाग्लेको ब्यक्तिगत नाममा घर र खेतियोग्य जमिनसहित ६५ रोपनी जग्गा थियो । २०५६ सालमा भएको संसदिय चुनाबमा गोर्खाको प्रतिनिधित्व गर्दै वाग्ले मन्त्री बनेका थिए ।
मन्त्री पद सम्हालेपछि वाग्लेको जीवन शैलीमा नाटकिय परिवर्तन आयो, ठमेलसहित देशमा ए ग्रेडका ठाउँमा वाग्लेले आफन्तका नाममा सयौं रोपनी जग्गा जोडन सफल भए । उनका छोरा देबेन्द्र वाग्लेले एक उद्यमीसँग मिली ठमेलमा १५ आना जग्गा किने । देवेन्द्र र उनका अन्य आफन्तहरुको नाममा समेत राजधानीको विभिन्न भागमा ठूलो मात्रामा जग्गा रहेको बुझिएको छ । यद्यपी, जग्गाको स्वामित्व प्रमाणपत्र चिरञ्जिवी वाग्ले, उनका हजुरबुवा केदारप्रसाद वाग्ले र तत्कालिन होटेल एसोसियसन नेपाल -हान) का अध्यक्ष नरेन्द्र बज्रचार्यको संयुक्त नाममा थियो ।
त्यस्तै, चितवन जिल्लाको विभिन्न भागमा पिता र छोरा वाग्लेको नाममा १ करोड मूल्य बराबरको जग्गा रहेको थियो । विस २०५२ मा गोरखापत्रमा छापिएको समचारअनुसार वाग्लेले आफूले बुझाएको सम्पती विवरणमा घरको लागि ६ रोपनी र खेतियोग्य ५९ रोपनी जग्गा रहेको बताएका थिए । तर उनले चितवनमा करोडौं रुपैयाँ पर्ने जग्गा छोरामा नाममा जोडे ।
पूर्वमन्त्री वाग्लेले बैकमा ६ लाख भन्दा बढी पैसा नरहेको सम्पत्तिसम्बन्धि न्यायिक जाजबुझ आयोगलाई बताएको एक हप्तापछि नै विभिन्न बैकहरुमा देबेन्द्रको खातामा रु. १ करोड रहेको खुलासा भयो । त्यसको स्रोत वाग्लेले खुलाउन सकेका छैनन् । देबेन्द्रको नाममा कूल १ करोड ९६ लाख २ हजार ६ सय ९८ रकम बैक खातामा थियो ।
No comments:
Post a Comment