गोरखाको उहियाँमा हावाहुरीका कारण ४ सय घर नष्ट, गोठहरुमा आगलागी
कैलासवावु श्रेष्ठ/गोरखा
चैत्र १ गते । गोरखा सदरमुकाम देखी सुदुर उत्तरमा रहेको उहियाँ गाउँ विकास समितिमा हिजो राती देखी आएको हावा हुरीका कारण ४ सय भन्दा वढी घरलाई क्षेति पुर् याएको छ भने त्यती नै मात्रामा रहेको गोठ जलेर नष्ट भएको छ ।
उहियाँ गाविस वडा नम्बर ४ देखी ९ सम्म रहेको माथिल्लो गाउँ कामी गाउँ तल्लो गाउँ दुङ्गला र लाप्पलमा रहेको ४ सय ३८ घर धुरीको छाना उडाएको हो । हिजो राती ११ः३० वजे देखी आएको ठुलो हावा हुरीका कारण उत्त घटना भएको हो ।
हावा हुरीले केरौजा र कासीगाउँमा समेत क्षेति पुर् याएको भएता पनि हाल सम्म क्षेतिको विवरण आउन सकेको छैन । उत्त स्थानहरुमा के कति मानविय क्षेति भएको छ सो वारेमा पनि पुर्ण विवरण आउन सकेको छैन ।

सदरमुकाम देखी २६ कोष उत्तरमा रहेको यो गाउँमा पुग्नका लागी माछाखोलामा रहेको प्रहरी चौकी वाट ६ घण्टा लाग्छ । माछाखोला मा पनि ठुलो हावा हुरी आएको कारण प्रहरी वाहिर निस्कन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
हावा हुरीकै कारण उत्त क्षेत्रमा रहेको जंङ्गलमा समेत आग लागी भएको उहियाँका जित वहादुर घलेले वताउनु भयो ।
प्राप्त विवरण अनुसार तल्लो गाउँमा घले र गुरुङ्गहरुको २ सय ५० घर रहेको छ भने कामी गाउँमा ४८ घर माथिल्लो गाउँमा ४२ घर र दुङ्गला र लाप्पलमा ९८ घर धुरी रहेका छन ।
No comments:
Post a Comment