Wednesday, 16 March 2011

रेडियो विकिरणबाट जापानमा मानवीय संकट

सामा, जापान, (एजेन्सीहरु), महाभूकम्प र सुनामीका कारण क्षतिग्रस्त जापानको फुकुसिमा दाइची आणविक ऊर्जाकेन्द्रबाट निस्केको विकिरणको मात्रा मानवस्वास्थ्यका लागि हानिकारक हुने स्तरमा पुगेको जापान सरकारले जनाएको छ।
उक्त ऊर्जाकेन्द्रमा भएको तेस्रो विस्फोटले भट्टीको नियन्त्रण प्रणालीलाई पहिलो पटक क्षति पुर्याएपछि जापान सरकारबाट त्यस्तो चेतावनी आएको हो। क्षतिग्रस्त ऊर्जाकेन्द्रबाट निस्कने विकिरण वायुमण्डलको बहावसँगै प्रशान्तक्षेत्रका मुलुकमा फैलिन सक्ने खतरा रहेको जनाइएको छ।


यदि यो भत्केमा यसबाट अझ गम्भीर रेडियोधर्मी विकिरण चुहावटको खतरा हुनेछ। गत शुक्रबार उत्तरपूर्वी जापानमा ८ दशमलव ९ रिक्टरस्केलको भूकम्प र सुनामी आएपछि मानवीय संकट उत्पन्न भएको हो। फुकुसिमा दाइची ऊर्जाकेन्द्रको रियाक्टर २ मा मंगलबारको विस्फोट विगत चार दिनमा भएका विस्फोटमध्ये तेस्रो हो।
त्यसै गरी ऊर्जाकेन्द्रको चौथो भट्टीमा पनि केही समय आगलागी भएको र यसबाट रेडियो विकिरणको चुहावट भएको विश्वास गरिएको छ। रियाक्टर ४ लाई भूकम्प आउनुअगाडि नै मर्मतसम्भारका लागि बन्द गरिएको थियो तर यसमा परमाणु इन्धन रडहरु भने रहेकै अवस्थामा थियो। उक्त केन्द्रबाट २ सय ५० किलोमिटर टाढा रहेको राजधानी टोक्योमा विकिरणको स्तर सामान्यभन्दा उच्च देखिएको तर अधिकारीहरुले त्यो स्वास्थ्यका लागि खतरनाक नभएको बताएका छन्।

No comments:

Post a Comment

यो साताको गीत

तपाईंको ईमेल ठेगाना लेख्नुहोश :
यस ब्लगका ताजा पोस्टहरु तपाईंको ईमेलमा पाउनको लागि

आफुलाई चहिने software यहाँ बाट download गर्नुहोस्

Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPicImage and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic