Wednesday, 23 March 2011

बेलायती बिद्यार्थी भिषा प्रणालीमा ब्यापक फेरबदल


डिपेन्डेन्ट भिषामा जान कठिनाई
९ चैत्र, काठमाडौं । बिद्यार्थी भिषामा आउने बिदेशीका कारण बेलायती शिक्षाको गुणस्तरमाथि प्रश्न उठेको भन्दै बेलयात सरकारले बिद्यार्थी भिषाका नियमहरुमा ब्यापक फेरबदल गरेको छ ।
जसअनुसार बिदेशी बिद्यार्थीको प्रायोजन गर्ने बेलायती कलेजहरुमाथि कडाई गरिने भएको छ भने डिग्री लेभलमा अध्ययन गर्न चाहने बिद्यार्थीहरुले अहिले भन्दा आइएलटीएसमा बढी स्कोर ल्याउनुपर्ने छ ।
यस्तै बिश्वबिद्यालयमा अध्ययन गर्ने र सामुदायिक कलेजहरुले मात्र बिदेशी बिद्यार्थीलाई स्पोन्सर गर्न पाउनेछन् । सरकारी खर्चमा पढ्न जाने र निश्चीत पोष्ट ग्राजुएट बिद्यार्थीले मात्र डिपेन्डेन्ट भिसामा आफ्ना श्रीमान् वा श्रीमतिलाई बेलायत लैजान पाउने भएका छन् । यस्तै बिद्यार्थी भिाषामा बेलयातमा बिताउने समयमा पनि सिमितता तोकिने भएको छ । ग्राजुएट बिद्यार्थीले अझै काम गर्न पाउने भएपनि ‘टायर २’ प्रणालीअन्तर्गत दक्ष काममात्र गर्न पाउनेछन् ।

बेलायती गृहमन्त्री थेरेसाले भन्नुभयो-’मेरो उदेश्य खास बिद्यार्थीलाई रोक्नु हैन, बिद्यार्थी भिषाको दुरुपयोगलाई रोक्नुमात्र हो ।’ उद्यमशील बिद्यार्थीलाई बेलायतमा आर्कषिर्त गर्न प्रयास गरिने भन्दै मन्त्री थेरेसाले भन्नुभयो-’ सिर्जनशील सोंच भएका र खासगरि बिज्ञान प्रबिधि क्षेत्रका बिद्यार्थीलाई बेलायतमा आर्कषिर्त गरि बेलायती अर्थतन्त्र र उत्पादनलाई मजबुद बनाउन पहल गर्ने छौं ।’
युके बोर्डर एजेन्सीका क्षेत्रीय निर्देशक क्रिस डिक्सले यो परिवर्तनबाट बिद्यार्थी भिषाको दुरुपयोग गर्ने नेपाली बिद्यार्थी, संस्था तथा कन्सल्टेन्सीहरुका लागि खराव समाचार भएपनि दक्ष बिद्यार्थीको हित संरक्षण भएको बताउनुभयो ।
बिद्यार्थी भिषामा आफ्ना आश्रतिहरुलाई लगिरहेका नेपाली बिद्यार्थीहरुलाई सबैभन्दा बढी असर पर्ने छ । यस्तै प्रायोजन गर्ने कलेजहरुको मापदण्डमा पनि कडाई गरिएका कारण भिषा पाउन पनि नेपाली बिद्यार्थी कठिनाई हुने छ ।

No comments:

Post a Comment

यो साताको गीत

तपाईंको ईमेल ठेगाना लेख्नुहोश :
यस ब्लगका ताजा पोस्टहरु तपाईंको ईमेलमा पाउनको लागि

आफुलाई चहिने software यहाँ बाट download गर्नुहोस्

Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPicImage and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic