Monday, 21 March 2011

विश्वकै होंचा खगेन्द्र थप किर्तिमानका लागि इटलीमा ,कम तौल र छोंटा हातखुट्टाको लागि प्रतिस्पर्धा गर्ने

७ चैत्र, काठमाडौं । विश्वकै सबैभन्दा होंचा व्यक्ति नेपालका खगेन्द्र थापामगर थप विश्व किर्तिमान राख्न ईटली पुग्नु भएको छ । थापामगरले इटलीमा सबैभन्दा कम तौल तथा छोंटा हातखुट्टा भएको व्यक्तिका लागि प्रतिस्पर्धा गर्ने खगेन्द्र थापागमर प्रतिष्ठानले जनाएको छ ।

बाग्लुङको धुल्लुबास्कोट स्थायी घर भएका १८ वर्षीय थापामगरको उचाई ६७ दशमलव ८ सेन्टिमिटर छ । उहाँको तौल साढे ५ किलो मात्र छ । थापामगरलाई नेपाल सरकारले पर्यटन वर्ष २०११ को सदभावना राजदुत नियुक्त गरेको छ ।

कतारको दोहामा आयोजित एक साँस्कृतिक कार्यक्रममा सहभागी भई उहाँ उतैबाट इटली जानु भएको हो । प्रवासी नेपाली मगर संघले गत शुक्रबार कतारको दोहामा थापामगरलाई सम्मान गरेको थियो ।

No comments:

Post a Comment

यो साताको गीत

तपाईंको ईमेल ठेगाना लेख्नुहोश :
यस ब्लगका ताजा पोस्टहरु तपाईंको ईमेलमा पाउनको लागि

आफुलाई चहिने software यहाँ बाट download गर्नुहोस्

Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPicImage and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic