काठमाडौं, चैत्र २० । नेपाली सेनाका प्रधान सेनापति छत्रमान सिंह गुरुङले हालै रहस्यमय अमेरिका भ्रमण गर्नु भएको छ।
सधैं नेपाली सेनाका गतिविधिबारे टिप्पणी गर्ने माओवादीले समेत गुरुङ्गको यो भ्रमणका बारेमा कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन। नेपालमा उच्च चिनियाँ सैनिक प्रतिनिधिमण्डल र बेलायतका रक्षामन्त्रीले भ्रमण गरेलगत्तै उहाँ अमेरिका पुग्नुभएको हो।उहाँले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघस्थित अण्डर सेक्रेटरी जेनरल अफ डिपार्टेन्ट या फिल्ड सपोर्टसुसन मालकोरासँ र अण्डर सेक्रेटरी जेनरल पोलटिकल एफियर्सका बी ल्याएन पास्को लगायतसँग भेटघाट गर्नुभएको थियो।भेटघाटका क्रममा प्रधानसेनापति गुरुङले सुसन मालकोरासँग विभिन्न देशहरुमा तैनाथ नेपाली शान्ति सैनिकको मिसनहरुको बन्दोवस्ती सम्बन्धमा पनि कुराकानी गर्नुका साथै भविष्यमा संयुक्त राष्ट्रसंघको तर्फबाट प्राप्त हुनसक्ने बन्दोवस्ती सहयोगका सम्बन्धमा छलफल गर्नु भएको थियो। जसले गर्दा नेपाली सेनाको भविष्यका बारेमा राष्ट्रसंघमा कुरा उठेको देखिएको छ।त्यसैगरी पास्कोसँग प्रधानसेनापति गुरुङले शान्ति स्थापनार्थ विभिन्न मिसनहरुमा भविष्यमा हुनसक्ने नेपाली सेनाको सहभागिता सम्भाव्यता सम्बन्धमा पनि छलफल गर्नुभएको देखिएको छ।अमेरिकी अधिकारीहरुसँगको भेटमा नेपालमा माओवादी लडाकुहरुको समायोजनका बारेमा कुरा भए पनि त्यसका बारेमा विवरणहरु सार्वजनिक भएका छैनन्। स्मरणीय के छ भने नेपालका प्रधानसेनापतिले भ्रमण सम्पन्न गरेलगत्तै चिनियाँ सेनाका प्रधानसेनापतिले अमेरिकाको भ्रमण गर्दै हुनुहुन्छ।

No comments:
Post a Comment