
- पर्यटकीय शहर पोखरामा कति पर्यंटक घुम्नका लागी आउँछन् । तर केही भने त्यो भन्दा भिन्न उद्देश्य राखेर पनि यहाँ आउने गरेका छन् ।केही समय यता लागुऔषध सेवन गरी नग्न भएर हिडने विदेशी पर्यटक कारण यहाँ विकृति फैलिएर गएको छ ।
नसालुपदार्थ खाएर नग्न अवस्थामै हिडीरहेका एक रसियन पर्यटकलाई शनिवार प्रहरीले पक्राउ गरेको छ । पोखराको नयाबसपार्कको सडकमै होहल्ला गदै नग्न अवस्थामा हिडिरहेका ३१ वर्षिय इभीजेनी कालगीनलाई एक रेष्टुरेण्ट भित्र छिर्न लाग्दा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अधिक मात्रमा नसालु पदार्थ सेवन गरी नग्न अवस्थामा उनी होहल्ला गरेको अवस्था पक्राउ गरिएको हो । चार महिना अघि नेपाल आएका उनी लागुऔषध सेवन गरी होहल्ला गर्दै हिडने गरेका थिए । लागुऔषध सेवन कै कारण आफनो पासपोर्ट समेत हराएका उनलाई प्रहरीले आफनै कपडा लगाएर हिरासतमा राखेको छ ।उनको पासपोर्ट नभएकोले उनलाई अध्यागमन विभागमा बुक्राउने तयारी प्रहरीले गरेको छ ।‘गाजा चरेश खाने र होहल्ला गदै हिडने विदेशी पछिल्लो क्रममा बढेका छन्’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादवराज खनालले भने, ‘विकृत मानसिकता बोकेका यस्ता पर्यटकले वातावरण असहज बनाएका छन् ।’उनले दुई महिनाको अवधिमा नग्न अवस्थामा पुरुष र महिला गरी पा“च जना विदेशीलाई पक्राउ गरिएको जानकारी दिए ।साता अघि पनि नग्न भएर होहल्ला गदै हिडने एक जापानी युवतीलाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै तीन पटक सम्म लागुऔषध खाएर नाङ्गै हिडने बेलायती युवतीलाई प्रहरीले पक्राउ गरेर छाडेको थियो । पक्राउ परेकी उनलाई उनी आएको ट्राभल एजेन्सीको जिम्मा लगाएर विदेश पठाइएको थियो ।लागु औषध सेवन गरी नग्न भएर होहल्ला गर्ने संगै सर्वसाधरण माथि कुटपीट गर्ने कार्यमा समेत विदेशी संलग्न हुदै आएको प्रहरीले जानकारी दियो ।लागुऔषध सेवन गरी केही दिन यता होहल्ला गरी सर्वसाधरण माथि हातपात गदै आएका नेदरल्याण्डका मेडटिनस टिबोलाई पनि शनिवार राती नै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । उनले एक महिना यता होहल्ला गदै कुटपिट गदै आएको प्रहरी उपरीक्षक खनालले बताए । उनले नियन्त्रणमा लिन खोज्दा पर्यटक प्रहरीलाई समेत हातपात गरेका थिए । लागुऔषध सेवन गरी होहल्ला गरी भय सृजना गर्ने यस्ता पर्यटकहरुले गर्दा सर्वसाधरण समेत त्रसित बन्न थालेका हुन ।
No comments:
Post a Comment