Tuesday, 15 March 2011


दुई पत्नीको चेपुवामा निखिल

कास्की, फाल्गुन २७ - विवाहित अभिनेता निखिल उप्रेती अभिनेत्री सञ्चिता लुइँटेललाई पनि अपनाएपछि चेपुवामा परेका छन् । न उनी धुमधामसँग विवाह गरेर भित्र्याएकी पत्नी कोपिलालाई छाड्न सक्छन् न त पछिल्ली सञ्चितालाई । सञ्चिताले निखिललाई जेठी पत्नी कोपिलालाई छाड्नुपर्ने दबाब दिएपछि केही दिनयता निखिल तनाबमा परेका हुन् । निखिल कोपिला र सञ्चिता दुवैलाई त्याग्न नसक्ने बताउँछन् । 'म एउटालाई छाडेर अर्कोलाई लिएर अघि बढ्न सक्दिनँ,' निखिलले भने । साथीबाट प्रेमिका हुँदै एकअर्कोलाई स्वीकारेका सञ्चिता र निखिल करिब नौ महिना मुम्बईमा सँगै बसेका थिए । अहिले भने उनीहरू सँगै छैनन् । सञ्चिता माइतीमा बस्दै आएकी छन् भने निखिल अहिले सुटिङका क्रममा पोखरामा छन् ।

कतिपयले त निखिलले कोपिलालाई छाडेर सञ्चितासँग बस्न थालेको अड्कलबाजी पनि गरेका थिए । तर हालै मुम्बईबाट नेपाल आउने क्रममा निखिलले पत्नी कोपिला र डेढ वर्ष छोरासँग तस्बिर खिचेपछि अड्कलबाजी गलत सावित भएको छ । नेपाल आएपछि सुटिङबाहेकको अधिकांश समय उनी पत्नी कोपिलासँग भक्तपुरस्थित घरैमा बस्ने गरेका छन् ।

पोखरामा सुटिङका क्रममा पनि मोबाइलमा कोपिला र उनको दैनिकजसो कुराकानी हुने गरेको छ । यही कुराकानी सञ्चितालाई मन परिरहेको छैन । स्रोतका अनुसार सञ्चिताले निखिललाई कोपिलासँग भेटघाट मात्र नभई बोल्नसमेत निषेध गर्न खोजेकी छन् । सञ्चिताले कोपिलासँगको सम्बन्ध पूरै 'कट' गर्न भने पनि कोपिला भने यसबारेमा केही बोलेकी छैनन् ।

कोपिलासँग टेलिफोनमा सम्पर्क गर्दा 'आफूले अहिले केही नबोल्ने' बताइन् । सञ्चितासँग सम्पर्क गर्न खोज्दा उनी पनि उपलब्ध भइनन् । यसअघि सञ्चिताले निखिलको सम्पत्ति सबै कोपिलाले आफ्नो नाममा पारेको भन्दै विरोध गरेकी थिइन् । तर, निखिलले पत्नीको हैसियतले घरसहितको करिब २ करोडको सम्पत्ति कोपिलाको नाममा रहनु स्वाभाविक भएको बताए । 'कोपिलाले जबरजस्ती गरेर घरसम्पत्ति आफ्नो बनाएकी हैनन्,' निखिलले कान्तिपुरसँग भने ।


साभार: ई कान्तिपुर

No comments:

Post a Comment

यो साताको गीत

तपाईंको ईमेल ठेगाना लेख्नुहोश :
यस ब्लगका ताजा पोस्टहरु तपाईंको ईमेलमा पाउनको लागि

आफुलाई चहिने software यहाँ बाट download गर्नुहोस्

Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPicImage and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic