Sunday, 20 March 2011

विश्वका उत्कृष्ट बीस महिलाको सूचीमा गोमा
अविनाश चौधरी

धनगढी, चैत ४ गते । विश्वका उत्कृष्ट २० महिलाको सूचीमा नेपालको तर्फबाट कैलालीकी मानवअधिकारकर्मी गोमा आचार्य पर्नुभएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर केयर इन्टरनेशनलले सार्वजनिक गरेको सूचीमा आचार्यसमेत पर्नुभएको हो । महिलाको सवालमा अधिकारमुखी कार्य गरेबापत उहाँलाई २० उत्कृष्ट महिलाको सूचीमा राखिएको हो ।


अन्य उत्कृष्ट महिलामा म्यान्माकी आङ सान सुकी, भारतकी अनासुयमा लानुसा र इला भट्ट, चीनकी काङ टु ची, पाकिस्तानकी आस्मा जहागीरलगायतका रहेका छन् ।

कैलालीकी आचार्यलाई पुरुषसरह महिलालाई ज्याला दिलाउन, नेपालको सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथाको अन्त्य गर्न र एकल महिलाको अधिकार स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको कारण विश्वका उत्कृष्ट महिला सूचीमा छनोट गरिएको केयर नेपालले जनाएको छ ।

आफू आङ सान सुकी जस्ता विश्वका उत्कृष्ट महिला सूचीमा परेकोप्रति खुसी प्रकट गर्दै आचार्यले महिला अधिकारको क्षेत्रमा गरिरहेको कार्यका लागि अझ थप हौसला मिलेको बताउनुभयो ।

धनगढीमा बस्दै आउनुभएकी आचार्य राष्ट्रिय महिला अधिकार सरोकार मञ्च र महिला पैरवी मञ्चको केन्द्रीय सदस्य हुनुहुन्छ । सरोकार मञ्च नेपालका ३७ जिल्लामा रहेको महिला अधिकार क्षेत्रमा क्रियाशील संस्थाहरूको सङ्गठित समूह हो ।

विद्यार्थी जीवनकालदेखि राजनीतिमा सक्रिय आचार्य विगत १० वर्षयता महिला अधिकारको क्षेत्रमा सक्रिय रहनुभएको छ ।

No comments:

Post a Comment

यो साताको गीत

तपाईंको ईमेल ठेगाना लेख्नुहोश :
यस ब्लगका ताजा पोस्टहरु तपाईंको ईमेलमा पाउनको लागि

आफुलाई चहिने software यहाँ बाट download गर्नुहोस्

Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPicImage and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic