Friday, 18 March 2011


झोले डाक्टरहरूको बिगबिगी, असुरक्षित गर्भपतन गराउने बढे
दमक, चैत २ गते । नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता प्रदान गरे पनि झापामा सुरिक्षत भन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक रहेको पाइएको छ । झापामा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनलाई अस्पताल आउने भन्दा पनि असुरक्षित गर्भपतनका समस्या लिएर अस्पताल आउनेको सङ्ख्या बढी रहेको पाइएको हो । मेची अञ्चल अस्पताल भद्रपरका डा. बालकृष्ण साहले चिकित्सकको एक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै यस्तो खुलासा गर्नुभएको हो ।
डा. साहले झापाका छवटै प्राथमिक स्वास्थ्य केन्द्र तथा चारवटा स्वास्थ्य चौकीमा औषधिद्वारा गरिने गर्भपतन सेवा सुरु गरिएको भए पनि यस विषयमा जानकारी नहुादा र लुकीछिपी गर्भपतन गराउने भएकाले असुरक्षित गर्भपतन बढेको बताउनु भएको छ ।


औषधिद्वारा गरिने गर्भपतन सेवाका लागि रिफरल अस्पतालका रूपमा रहेको मेची अञ्चल अस्पतालमा गर्भपतनका लागि तोकिएको केन्द्रबाट भन्दा पनि भारतीय बजार तथा सूचीकृत नभएका स्वास्थ्यकर्मीबाट सेवा लिनेको सङ्ख्या बढी रहेको पाइएको शाहले जनाउनुभएको छ । मेची अञ्चल अस्पताल भद्रपुरमा साउन महिनादेखि फागनु अन्त्यसम्मको तथ्याङ्क अनुसार सुरक्षित गर्भपतनका लागी बीसजना महिला आएको देखिन्छ भने यसै अवधिमा एक सय उनन्चालीस जना अन्यत्र नै गर्भपतन गराइसकेपछि उत्पन्न भएका विभिन्न समस्या लिएर उपचारका लागि अस्पताल आएको पाइन्छ ।
यहाा आउनेमा धेरैजसो भद्रपुर नगरपालिका र छेउछाउका बनियानी, बालुबाडी, पृथ्वीनगर, महेशपुर लगायतका गाविसका महिला रहेका छन् । डाक्टर शाहका अनुसार 'गर्भपतनलाई सरकारले कानुनी मान्यता दिएको आठ वर्ष बितेको भए पनि अझै पनि यस विषयमा जानकारी नभएर लुकिछिपी गर्भपतन गराउने क्रम नरोकिएकाले यो ठूलो समस्या बन्दै गएको छ । सरकारले २०५९ सालको असोज महिनादेखि सामान्य अवस्थामा बाह्र हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेको छ भने सरकारी स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रमा समेत यसको सुविधा प्रदान गरेको छ ।
विशेषगरी सीमा क्षेत्रका महिलाले भारतीय डाक्टर र नेपालमा पनि सूचीकृत नभएका र गर्भपतन गराउन मान्यता नपाएका डाक्टरसांग गर्भपतन गराउने गरेकाले जटिल समस्या निम्तादै गएको छ । यसका अलवा झापा अवैध रूपमा औषधि पसलले सञ्चालन गरेको क्लिनिकमा समेत गर्भपतन गराउने क्रम बढ्दै गएको छ ।
सीमावर्ती गाविसमा भारतीय झोले डाक्टरको प्रभाव रहेको र उनीहरूले दिएको औषधि सेवन गरेर गर्भपतन गराउन खोज्दा समस्या भएर अस्पताल आउनेको सङ्ख्या पनि अत्याधिक रहेको मेची अञ्चल अस्पतालले जानकारी दिएको छ ।
सरकारले तोकेअनुसार सुरक्षित रूपमा गर्भपतन गराउनका लागी तेह्र सय रुपियाा मात्र खर्च हुने भए पनि महिलाले जोखिम मोलेर पन्ध्रदेखि बीस हजार रुपियाासम्म खर्च गर्ने र पछि अस्पताल आइपुग्ने गरेको पनि पाइएको डाक्टर बताउाछन् ।

No comments:

Post a Comment

यो साताको गीत

तपाईंको ईमेल ठेगाना लेख्नुहोश :
यस ब्लगका ताजा पोस्टहरु तपाईंको ईमेलमा पाउनको लागि

आफुलाई चहिने software यहाँ बाट download गर्नुहोस्

Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPicImage and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic