४ चैत्र, काठमाडौं । प्रधानमन्त्री झलनाथ खनालको सरकारी निवास बालुवाटारबाट टेलिफोन गरी सर्वसाधारणलाई ज्यानमार्ने धम्की दिने प्रहरी अधिकृत भएको पत्ता लागेको छ । प्रहरी नायव उपरीक्षक सइ प्रकाश मल्लले प्रधानमन्त्री कार्यालयको फोन दुरुपयोग गरी आफन्तलाई ज्यान मार्ने धम्की दिएको पुष्टि भएको छ ।
स्रोतका अनुसार मल्ललाई कारबाहीस्वरुप प्रधानमन्त्री निबास बालुवाटारबाट प्रहरी प्रधान कार्यालय नक्शाल सरुवा गरिएको छ ।
सई मल्लले प्रधानमन्त्री निबासको ४४२४९०४ नम्बरको टेलिफोनबाट कन्चनपुरका नारायण चन्दलाई फोन गरी ज्यानमार्ने धम्की दिएको समाचार केही दिन अघि सन्चारमाध्यममा आएको थियो ।
मल्लको धम्कीपछि पीडितहरुले प्रधानमन्त्री कार्यालय र एमाले राज्य व्यवस्था विभागमा निवेदन दिँदै जीउधन सुरक्षाको माग गरेका थिए । प्रधानमन्त्री कार्यालयले खोजबिन गर्दा सई मल्लले फोनमा धम्क्याएको पत्ता लागेको हो । मल्ल पीडित नारायण चन्दको श्रीमतीको मामाको साला हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सई मल्ले नै चन्दलाई धम्क्याएको पुष्टि गर्दै यो उनीहरुको घरायसी झगडा भएको बताउनुभयो ।
No comments:
Post a Comment