नेता महराको नेतृत्वमा अन्य तीनजना माओवादी नेता सरकारमा सामेल भएका छन्
झलनाथ खनाललाई भारी मत दिएर प्रधानमन्त्री बनाएको एकमहिना पछि एकीकृत नेकपा माओवादी सरकारमा सामेल भएको छ।
पद बाँडफाँडमा ११ वटा मन्त्रालय प्राप्त हुने बताइए पनि शुक्रबार माओवादीका तर्फबाट चारजना मन्त्रीले मात्र राष्ट्रपति समक्ष शपथ लिएका छन्।सशस्त्र द्वन्द्व छोडेर शान्ति प्रक्रियामा आए यता माओवादी तेश्रोपटक सत्तामा सामेल हुन लागेको हो।
गत माघ बीस गते नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल माओवादीको भारी समर्थनमा प्रधानमन्त्री चयन भएका थिए।
शपथ त्यसको एक महिनापछि फागुन २० गते माओवादीका चार जना मन्त्रीले शपथ लिएका छन्।
शुक्रबार बिहान करीब एक घन्टाका लागि बसेको माओवादी स्थायी समिति बैठकले चार जनाला शुक्रबारै शपथ गर्न पठाउने निर्णय गरेको थियो।माओवादी प्रवक्ता दिनानाथ शर्माका अनुसार नेताहरु बाहिरी कार्यक्रममा व्यस्त रहेकाले अरुहरुको नाम चयन गर्न थप केही दिन लाग्नेछ।दुई, तीन दिनमा हाम्रो शहीद सप्ताह कार्यक्रमबाट नेताहरुले फुर्सद पाएपछि घनीभूत रुपमा छलफल गरेर मन्त्री बन्ने नाम चुन्छौं दिनानाथ शर्मा, प्रवक्ता, एनेकपा माओवादीशर्माले भने, “दुई, तीन दिनमा हाम्रो शहीद सप्ताह कार्यक्रमबाट नेताहरुले फुर्सद पाएपछि घनीभूत रुपमा छलफल गरेर मन्त्री बन्ने नाम चुन्छौं।”नयाँ, पुरानाशुक्रबार मन्त्री बनेका मध्ये दुई पुराना र दुई नयाँ अनुहार परेका छन्।माओवादीका तर्फबाट मन्त्री परिषदमा नेतृत्व गरेका कृष्णबहादुर महरा तेश्रो पटक सूचना तथा संचार मन्त्री बनेका छन्।
उनी यसपटक उपप्रधानमन्त्री समेत बनेका छन्।उनले जनआन्दोलन लगत्तै बनेको अन्तरिम सरकारमा र संविधान सभा निर्वाचन पछि माओवादी नेतृत्वमा बनेको सरकारमा पनि सन्चार मन्त्रालयको कार्यभार सम्हालेका थिए।त्यस्तै खड्गबहादुर विश्वकर्माले यस अघि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।माओवादी पार्टीमा उद्योग फाँट हेर्ने टोपबहादुर रायमाझी भौतिक योजना तथा निर्माण मन्त्री बनाइएका छन्।पार्टीभित्रै एउटा खेमाले गृहमन्त्रीका दावेदारका रुपमा प्रस्तुत गर्दै आएको वर्षमान पुन शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका छन्।पुन माओवादी भित्र सैन्य विभाग इन्चार्ज समेत रहेका छन् ।आकांक्षी एमाले-माओवादी गठबन्धन सरकारको भागबन्डामा माओवादीले एघार मन्त्रालय पाउने बताइए पनि मन्त्री बन्न आकांक्षीहरुको लामो सूची भएकाले माओवादीले चारजना नेतालाई मात्र मन्त्री बन्न पठाएको हो ।मन्त्री परिषदमा प्रधानमन्त्री खनालकै पार्टी एमालेका उपप्रधान मन्त्री तथा अर्थ मन्त्री भरतमोहन अधिकारी बाहेक अरु दुईजना विष्णु पौडेल र गंगालाल तुलाधर बिना विभागीय मन्त्री रहँदै आएका छन्। साथीलाई इमेल पठाउनुहोस् छा
No comments:
Post a Comment